सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक


  •    /१४ बैशाख २०७६, शनिबार १२:५७ 
  • काठमाडौँ, १३ वैशाख । जेठ ३ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
    केही दिन अगाडि गीत र पोस्टर सार्वजनिक गरेको ‘जात्रा’ निर्माण युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार नै हावी देखिएका छन् । विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई नै ट्रेलरमा देखिएका हुन् ।

    चलचित्रको ८० प्रतिशत छायाङ्कन काठमाडौँमा तथा पोखरा र चितवनको सौराहामा १०/१० प्रतिशत छायाङ्कन गरिएको चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले जानकारी दिनुभएको छ । चलचित्र जात्राकै फम्र्याटमा तयार पारिएको जात्रैजात्राले समाजमा हुने गरेका घटनाहरुलाई उजागर गर्ने प्रयास गरेको बानियाको भनाइ छ । पूर्णरुपमा मनोरञ्जन दिने गरी निर्माण भएको चलचित्रमा लोभले लाभ र लाभले विलाप हुन्छ भन्ने सन्देश दिन खोजेको बानियाले बताउनुभयो ।

    चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गर्नुभएको हो । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा मित्र डी गुरुको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.