सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक


  •    /१४ बैशाख २०७६, शनिबार १२:५७ 
  • काठमाडौँ, १३ वैशाख । जेठ ३ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
    केही दिन अगाडि गीत र पोस्टर सार्वजनिक गरेको ‘जात्रा’ निर्माण युनिटले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार नै हावी देखिएका छन् । विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई नै ट्रेलरमा देखिएका हुन् ।

    चलचित्रको ८० प्रतिशत छायाङ्कन काठमाडौँमा तथा पोखरा र चितवनको सौराहामा १०/१० प्रतिशत छायाङ्कन गरिएको चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले जानकारी दिनुभएको छ । चलचित्र जात्राकै फम्र्याटमा तयार पारिएको जात्रैजात्राले समाजमा हुने गरेका घटनाहरुलाई उजागर गर्ने प्रयास गरेको बानियाको भनाइ छ । पूर्णरुपमा मनोरञ्जन दिने गरी निर्माण भएको चलचित्रमा लोभले लाभ र लाभले विलाप हुन्छ भन्ने सन्देश दिन खोजेको बानियाले बताउनुभयो ।

    चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गर्नुभएको हो । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा मित्र डी गुरुको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.