सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमलताल पहिरोः चितवनका दुई युवा फोटोग्राफर अस्ताए त्रिशूलीमा


  •    न्युजभित्तो/३२ असार २०८१, सोमबार १०:५८ 
  • चितवन, ३१ असार । सिमलताल बस दुर्घटनामा चितनवका दुई युवाहरु पनि परेको पुष्टि भएको छ । उनीहरुको शवको सनाखत भइसकेको छ । बिहेमा फोटोरभिडियो खिच्न भनि काठमाडौँ जाँदै गरेका उनीहरु सिमलताल पहिरोमा परी त्रिशूली नदीमा अस्ताए ।

    माडी नगरपालिका–१ बस्ने २२ वर्षीय विकास परियारको शव गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा फेला परेको हो भने भरतपुर महानगरपालिका–२२ पदमपोखरीका २३ वर्षीय सुदिप विकको शव भारतको वाल्मीकि नहरमा फेला परेको हो ।

    गत शुक्रवार काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको आज चार दिन भयो ।

    वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा चितवनका ती दुई युवा पनि चढेका थिए । बिहीवार राति बस चढेका उनीहरु शुक्रवार बिहान दुर्घटनामा परे । काठमाडौंमा एउटा बिहेको फोटोरभिडियो खिच्नका लागि उनीहरुले जिम्मा पाएका थिए ।

    व्यवसायीक रुपमा फोटोग्राफी गर्ने सोँचले सुदिपले आफ्नो मोटरसाइकल बेचेर क्यामरा किनेका थिए । विकास र सुदिप दुर्घटनामा परेको थाहा पाएपछि उनीहरुका आफन्तहरु घटनास्थलमा पुगेका थिए । उनिहरुको अकालमै मृत्यु भएपछि परिवार र आफन्त शोकमा छन ।

    सुदिप र विकाससँगै त्रिशूलीमा कम्तिमा ६२ जना यात्रु बेपत्ता भएका छन् । ६२ मध्ये १२ जनाको शव फेला परेको छ भने सात जनाको मात्रै सनाखत भएको छ । वाल्मीकि नहरमा चार, नवलपरासीको सुस्ता र मध्यविन्दुमा एकरएक, भरतपुर–२८ गोलाघाटमा दुई, भरतपुर–२६ सिसुवारमा एक र गैंडाकोट–७ गैरीस्थित नारायणी नदीमा तीन जनाको शव फेला परेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.