भरतपुर, ३० असार । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको विकासका दाई विजय परियारले जानकारी दिनुभयो । विकासले फोटोग्राफीको काम गर्दै आउनुभएको थियो ।
दाई विजयका असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बस चढ्नुभएको थियो । उहाँको साथमा भरतपुर सारदानगर निवासी २५ बर्षका फोटोग्राफर सुदीप बिक समेत बस चढेको र उहाँ समेत बेपत्ता रहेको बताइएको छ । बसपार्कबाट नचढेकाले उनिहरुको नाम बसका यात्रीहरूको सुचीमा उल्लेख नरहेपनि सिसिटिभी फुटेज हेर्दा दुबैजना सो बस चढेको देखिएको दाई बिजयले बताउनुभयो । बेपत्ता विकासले हालसालै मात्र विवाह गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार शनिवार नवलपुरको थुम्सी नजिकै नारायणी नदीमा फेला परेको दुई शव मध्ये एक शव परियारको रहेको बताउनुभयो । उहाँले शब परियारको रहेको परिवारजनले पुष्टि गरेको भन्दै शनिवार भेटिएका तीन वटै शवको पहिचान खुलेको बताउनुभयो । दुई शव शनिवारनै आफन्तले बुझेर लगेका छन । बसका बेपत्ता यात्रीमध्ये अहिलेसम्म तीनजनाको शव भेटिएको छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।