सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेपत्ता बसमा सवार चितवनका एक युवाको पहिचान


  •    न्युजभित्तो/३१ असार २०८१, आईतवार १०:१४ 
  • भरतपुर, ३० असार । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको विकासका दाई विजय परियारले जानकारी दिनुभयो । विकासले फोटोग्राफीको काम गर्दै आउनुभएको थियो ।

    दाई विजयका असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बस चढ्नुभएको थियो । उहाँको साथमा भरतपुर सारदानगर निवासी २५ बर्षका फोटोग्राफर सुदीप बिक समेत बस चढेको र उहाँ समेत बेपत्ता रहेको बताइएको छ । बसपार्कबाट नचढेकाले उनिहरुको नाम बसका यात्रीहरूको सुचीमा उल्लेख नरहेपनि सिसिटिभी फुटेज हेर्दा दुबैजना सो बस चढेको देखिएको दाई बिजयले बताउनुभयो । बेपत्ता विकासले हालसालै मात्र विवाह गर्नुभएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार शनिवार नवलपुरको थुम्सी नजिकै नारायणी नदीमा फेला परेको दुई शव मध्ये एक शव परियारको रहेको बताउनुभयो । उहाँले शब परियारको रहेको परिवारजनले पुष्टि गरेको भन्दै शनिवार भेटिएका तीन वटै शवको पहिचान खुलेको बताउनुभयो । दुई शव शनिवारनै आफन्तले बुझेर लगेका छन । बसका बेपत्ता यात्रीमध्ये अहिलेसम्म तीनजनाको शव भेटिएको छ ।

    शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.