सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिराको जाखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो


  •    न्युजभित्तो/२९ असार २०८१, शुक्रबार १५:५६ 
  • उदयपुर (गाईघाट), २८ असार । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ ।

    चार दिनअघि गएको पहिराले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उहाँहरूका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिनुभयो । पहिराले बगाएका चार परिवारका सदस्यलाई समेत सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।

    पहिरोका कारण अवरुद्ध दुई सडक अस्थायी रूपमा सञ्चालन

    पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडक बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

    त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ । मङ्गलबार त्रियुगा नगरपालिका(१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.