सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिखोलामा दुइतर्फी यातायात सञ्चालन,सिमलतालमा भने अझै एकतर्फी


  •    न्युजभित्तो/२९ असार २०८१, शुक्रबार १४:१९ 
  • भरतपुर, २८ असार । लगातारको बर्षासंगै आएको पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहान एक बजेदेखि अबरुद्ध सडकखण्ड दिउसो १ बजेदेखि सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार इच्छाकामना गाउँपालिका ६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी यातायात सञ्चालनमा आएको छ भने भरतपुर महानगरपालिका २९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएका छ ।

    सिमलतालमा पनि दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम पनि भइरहेको सुवेदीले जानकारी दिनुभयो । अहिले राजमार्गमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । सिमलतालमा ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने सुवेदीले बताउनुभयो । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य जारी छ । सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५० बढि यात्रु सवार रहेको बताइएको छ । अहिले बस र यात्रुको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.