सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव


  •    न्युजभित्तो/२९ असार २०८१, शुक्रबार १४:१६ 
  • काठमाडौँ, २८ असार । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन् । त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष डा।दाहालले आज राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो धनजनको क्षति हुनसक्ने बताए ।

    उनका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ । “मुग्लिङ सडकको पहिरोले आज बिहानै दुईवटा बस त्रिशुली नदीमा खस्दा करिब ६५ जना बेपत्ता भएका छन् । अरु केही गर्न नसके पनि एक दिनमा एक ४४ मिलिमिटरभन्दा बढी पानी परेको चेतावनी पाएपछि मुग्लिङ सडकमा आवागमन रोकेमा थप क्षति हुनबाट बच्न सकिन्छ”, भू–विपद् विशेषज्ञ दाहालले भने, “तत्काल सबै तहका सरकार खोजी तथा उद्धारमा संग्लन भई सुरक्षाका लागि सम्बन्धित सबै निकायलाई परिचालन गराउनुपर्छ ।”

    पृथ्वीराजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा पाँच हजारभन्दा बढी नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिनुपर्नेमा दाहालले जोड दिए । भू–विपद्को यो विषम परिस्थितिलाई तत्काल उचित सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

    नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा करिब ६५ जना यात्री बेपत्ता भएका छन् । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    • डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.