काठमाडौ, २६ असार । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई जना पुरुषको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लम्की चुहा नगरपालिका- ५ का अन्दाजी ५१ वर्षीय सागर विकको मृत्यु भएको हो भने अर्का एक जनाको परिचय खुलेको छैन ।
विक मंगलबार दिउँसो बाटोमा अचेत अवस्थामा फेला परेकोमा उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्रसिंह कार्कीले बताए ।
अर्का परिचय नखुलेका करिब ५५ वर्षीय पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुवै पुरुषको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कार्कीले बताए ।