सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएनः चित्रबहादुर केसी


  •    न्युजभित्तो/२६ असार २०८१, मंगलवार १६:५५ 
  • काठमाडौँ, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।
    एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन शुरु भएको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पु¥याएको बताउनु भयो ।

    उहाँको भनाई जस्ताको तेस्तैः

    उहाँले भन्नुभयो, ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ । यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ । भित्र पनि सुनिन्छ । नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईहरु संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाँही नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए । अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा शुरु भएको थियो । त्यो बुझनु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईले चाँही कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानिलकण्ठ पुग्नु भयो रु यसरी चल्छ राजनीति रु तपाई ५ वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईले बल्ल भोग्नु भयो । तपाईहरुको मन्त्रीमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन रु गृह मन्त्रालय किन लिएन रु त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगीरहनु भएको छ । अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’

    अध्यक्ष केसीले काँग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गर्नुभयो । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उहाँले बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.