सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान


  •    न्युजभित्तो/२६ असार २०८१, मंगलवार १५:५७ 
  • चितवन, २५ असार । भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    महानगरको कृषि तथा व्यवसाय प्रबद्र्धन शाखामार्फत आर्थिक वर्ष २०८०र८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरण तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । अनुदानमा चारवटा ट्याक्टर, छवटा हाते ट्याक्टर(मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मेसिन (रिपर) हस्तान्तरण गरिएको हो ।

    यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर)तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन(कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्र्याउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ । मिल्क एनलाइजर छ थान, चिलिङ भ्याट दुई थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो दुई थान र तिनपाङ्ग्रे अटो दुई थान हस्तान्तरण गरिएका छन् ।

    महानगरपालिकाले रु एक करोड अनुदानमा ती सामग्री खरिद गरेर उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र उत्पादनको बजारीकरणका लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक वर्ष कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आइरहेका छौँ । किसानको आवश्यकता पहिचान गरी महानगर अघि बढिरहेको छ”, उहाँले थप्नुभयो, “खडेरीका कारण सुख्खा क्षेत्र भएका ठाउँमा सिँचाइका लागि बोरिङ्सहित नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्ने प्रक्रियामा महानगर लागिपरेको छ ।”

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनुदानमा कृषि सामग्री प्राप्त गर्ने संस्थाले ती उपकरणको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“महानगरले विगतका वर्षमा जस्तै यसवर्ष पनि यहाँहरूकै मागअनुसार सामग्री प्रदान गरेको छ । अब प्राप्त सामग्रीको व्यवस्थापन र संरक्षण प्रभावकारी रूपमा गरेर बढीभन्दा बढी लाभ लिन आवश्यक छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.