सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले बिगार्‍यो नारायणी किनारको सौन्दर्य


  •    न्युजभित्तो/२६ असार २०८१, मंगलवार १३:१५ 
  • चितवन, २५ असार । पछिल्लो समयमा पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको चितवनको नारायणी नदी किनार गत शनिबार आएको बाढीले उधिनेर क्षति पुर्‍याएको छ ।

    नारायणी नदी किनार ठूला सभा समारोह, मेला महोत्सव आयोजना गर्नेदेखि साँझ–बिहान टहल्नेहरुको रोजाइमा पनि पर्दै आएको छ । त्यसैले भरतपुर महानगरपालिकाले नदी किनारमा बाँध बाँधेर हरियो दुबो रोपेको थियो । मानिसहरुलाई हिँडडुल गर्न सहज होस् भनेर मोज्याक टाइलसमेत लगाइएको थियो ।

    तर गत शनिबार आएको बाढीले नारायणी नदी किनारको त्यो सुन्दरतालाई बिगारेको छ । बाढीले झण्डै ८ सय मिटर जति लामो चौरलाई ठाउँ–ठाउँमा खोतलेर बगरमा परिणत गरिदिएको छ । नदी किनारमा ६४० मिटर लम्बाइको खुट्किलासहितको ‘आरसीसी स्ट्रक्चर’ लाई भने बाढीले क्षति गरेको छैन ।

    महानगरपालिकाले नारायणी नारायणी नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने भनेर पूर्वाधार निर्माणका काम पनि गरिरहेको थियो । तर, यसपटक आएको बाढीले चौरलाई नै क्षति गरेपछि यसको सुन्दरता खलबलिएको छ ।

    महानगरले ‘सी बिच मोडेल’ अनुसार ठाउँ–ठाउँमा बगैँचा, एउटा व्यवस्थित फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बिच भलिबल, अन्य खेलका लागि छुट्टै क्षेत्र, बालुवा तथा बालबालिकाको खेल्ने स्थान, अवलोकन क्षेत्र, विश्राम स्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो ।

    नारायणी नदी किनारमा उद्योग वाणिज्य संघ चितवनले हरेक २–२ वर्षमा चितवन महोत्सव आयोजना गर्दै आएको छ । यस्तै एमालेको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पनि यही मैदानमा भएको थियो । हालै भरतपुर भ्रमण वर्षको भव्य उद्घाटनसमेत यही चौरमा भएको थियो ।

    बाढीले खोतलेको नारायणी नदी किनारलाई मर्मत गर्न भरतपुर महानगरपालिकाले थप रकम र समय खर्चिनुपर्ने भएको छ ।

    (अनलाइन खबर बाट)

     

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.