सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान


  •    न्युजभित्तो/२६ असार २०८१, मंगलवार १३:०९ 
  • नवलपरासी, २५ असार । पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

    नगरपालिकाले गर्भवतीका लागि निःशुल्क रूपमा भिडियो एक्स–रे, एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमा, घरदैलोमा नै पुगेर स्वास्थ्य परामर्श र सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरणजस्ता काम गरेको उहाँले बताउनुभयो । “नगरपालिकाले घरदैलो भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत नगरभित्रका आठ स्थानबाट गर्भवतीको निःशुल्क अल्ट्रासाउन्ड सेवा र निःशुल्क क्याल्सियम चक्की वितरण गरेको छ । चालु आवमा आठ सय ८२ जनालाई सोसेवा प्रदान गरेको छ”, नगरप्रमुख यादवले भन्नुभयो ।

    यस्तै नगरपालिकाले चालु आवमा ४४ गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको र २३ जनालाई थप उपचारका लागि अन्यत्र पढाएको छ । स्वास्थ्य शाखाकानुसार गत वर्ष छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरी गरी आठ सय ९५ जनालाई पोषण झोला वितरण भएको थियो ।

    रामग्राम नगरपालिकाले चालु आवदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क स्वास्थ्य बीमा पनि गरिदिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । घरमै पुगेर सुत्केरी आमा र बच्चाको जाँच तथा परामर्श, विद्यालय स्वास्थ्य शिक्षा, कुपोषित बालबालिका, कुष्ठरोगी तथा क्षयरोगका बिरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो । यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानेटरी प्याड वितरणकार्य भइरहेको नगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.