सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाल र तराई जोड्ने कालिकाको मुनाल एण्ड मयूर रिसोर्ट


  •    न्युजभित्तो/२५ असार २०८१, सोमबार ०९:०६ 
  • चितवन, २४ असार । गोरखाको विकट हिमाली क्षेत्रमा रिसोर्ट चलाउँदै आउनु भएका पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाले हिमाल र तराई जोड्ने गरी यहाँ रिसोर्ट सञ्चालनमा ल्याउनु भएको छ । स्थानीय दुई जना साझेदारलाई लिएर उहाँले हिमाली क्षेत्रको ढिडोदेखि तराईको थारु सांस्कृतिक परिकार पस्किने गरी सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो ।

    लामाको गोरखाको चुमनुब्री गाउँपालिकाको नामरुङमा सुविधासम्पन्न नुब्री फोर सिजन रिसोर्ट छ । त्यहाँ पर्यटक हेलिकप्टरमा पुग्ने गर्दछन् । हिमालमा पर्यटक घुमाउँदै आउनु भएका लामालाई तराईको चितवनसँग हिमाल जोड्ने रहर जाग्यो । तराईका साझेदारसँग मिलेर हिमालका लामाले कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा मुनाल एण्ड मयूर वेलनेस रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो ।

    होटलका अर्का सञ्चालक सुशिल चौधरीका अनुसार नेपालको हिमाली भेगदेखि तराईको गर्मीसम्म पाइने विभिन्न परिकारहरूसँगै यहाँ शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन वेलनेस प्रविधिसमेत जडान गरिएको छ । प्रविधि र सेवा सुविधामा समेत उच्च स्तरको रहेको यो होटलमा ५२ वटा कोठा रहेका छन् । हाल २२ वटा कोठा सञ्चालनमा आएका छन् । हिमालदेखि तराईका सँस्कृति झल्काउने भिल्लाहरू होटलमा छन् । तीन वटा भिल्ला रहेका छन् । जसमा पौडीपोखरी भिल्ला भित्रै छन् । एउटा सञ्चालनमा आईसकेको छ भने दुई वटा सञ्चालनको अन्तिम तयारीमा छन् ।

    एउटै भिल्लाको एक रातको रु.एक लाख २० हजार शुल्क लाग्ने चौधरीले जानकारी दिनुभयो । त्यसो त होटलमा सामान्य कोठा रु.९ हजार ८०० देखि शुरु हुन्छ । आठ वटा थारु साँस्कृतिक कोठाहरु पनि छन् । जसमध्ये दुई वटा सञ्चालनमा आएका छन् ।

    दुई विगाहा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा सभाहल, बैंकेट हलसँगै सुविधासम्पन्न पौडिपोखरी छ । यहाँ प्राकृतिक रूपमा तनावमुक्त गराउन स्वीमिङ पुल, अक्सिजन च्याम्बर, साउना तथा मसाज सुविधासमेत छ । यो सबै हेर्नका लागि मलेसियन नागरिक डोनाल्ड च (Donald Cha) महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ ।

    २० वर्ष अघि पोखराको फूलबारी रिसोर्टमा महाप्रबन्धक भएर नेपालमा काम थाल्नुभएका उहाँसँग स्पासम्बन्धी राम्रो ज्ञान छ । उहाँले भन्नुभयो “यो रिसोर्ट नेपालको नमूना रिसोर्ट हो । जहाँभित्र पोलिक्लिनिक समेत रहेको छ ।” विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत् उपचार समेत गरिने उहाँले बताउनुभयो ।

    पर्यटनकर्मीहरू लामा, चौधरीसँगै राजेन्द्र महतोको लगानीमा होटल सञ्चालनमा आएको हो । लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्नेले निजी स्वीमिङ पुल, साउना, ज्याकुची लगायतको सुविधा पाउने छन् ।

    यहाँ मनास्लु हिमाल वरपरको स्याउका परिकार, भीर मौरीको मह, यार्सागुम्बा लगायत जडीबुटी, जडीबुटीको तेल, हिमाली खाद्यान्न समेत खान र किन्न पाईन्छ । लामाको भनाईमा यहाँको थारु परिकार होटलमा पाईन्छ । यो होटलमा हालसम्म रु.५० करोडभन्दा बढी लगानी भईसकेको छ । छ महिनाभित्रमा पूर्ण रुपमा सञ्चालन आउँदै गर्दा लगानी रु.एक अर्ब हाराहारी पुग्ने उहाँ बताउनुहुन्छ ।

    यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराईचुली, देवघाट लगायतका पर्यटकीय गन्तव्यहरुमा घुमाउने व्यवस्था रहेको छ । हालै होटलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.