सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्तीका मेयर लामा सवार गाडीमा तोडफोड


  •    न्युजभित्तो/२५ असार २०८१, सोमबार ०६:४७ 
  • चितवन, २४ असार । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राती करिब सवा ९ बजे राप्ती–२ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो ।

    समूहमा आएका केहि व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेकाको मेयर लामाको सचिवालयले जानकारी दिएको छ । मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालार्इ कुनै भौतिक चोटपटक भने लागेको छैन । काम बिशेषले वडा नं २ को गड्यौली पुगेका लामा घर फर्कने क्रममा घटना घटेको हो ।

    केहि समय अगाडीदेखि लामालाइ जिल्ला सुरक्षा समितिले सुरक्षाको लागी एक जना पिएसओ समेत खटाएको छ । घटना भएको केहि समयमै इलाका प्रहरी कार्यालय भण्डारा घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यसैबीच हिजो दिउँसो केही व्यक्तिले नगरपालिकाको कार्यालयमा पुगेर होहल्ला समेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.