चितवन, २४ असार । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राती करिब सवा ९ बजे राप्ती–२ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो ।
समूहमा आएका केहि व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेकाको मेयर लामाको सचिवालयले जानकारी दिएको छ । मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालार्इ कुनै भौतिक चोटपटक भने लागेको छैन । काम बिशेषले वडा नं २ को गड्यौली पुगेका लामा घर फर्कने क्रममा घटना घटेको हो ।
केहि समय अगाडीदेखि लामालाइ जिल्ला सुरक्षा समितिले सुरक्षाको लागी एक जना पिएसओ समेत खटाएको छ । घटना भएको केहि समयमै इलाका प्रहरी कार्यालय भण्डारा घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच हिजो दिउँसो केही व्यक्तिले नगरपालिकाको कार्यालयमा पुगेर होहल्ला समेत गरेका थिए ।