सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभाः राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह


  •    न्युजभित्तो/२४ असार २०८१, आईतवार १४:५६ 
  • काठमाडौँ, २३ असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

    यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

    एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो ।
    सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभयो ।
    सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

    सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो ।
    सांसद बुद्धिमान तामाङले मुलुकमा बाढी, पहिरा र डुबानमा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजीकार्य तीव्र पार्न ध्यानाकर्षण गराउनुभयो ।
    सांसद महेन्द्रकुमार राय, सांसद मानवीर राई, सांसद मुक्ताकुमारी यादवले प्रकोपका कारण विस्थापितलाई राहत, क्षतिपूर्ति र बसोबासको व्यवस्थापन गर्न माग गर्नुभयो ।

    सांसद मनिष झाले पाठ्यसामग्री प्रकाशकले परिवर्तित पाठयक्रमअनुसार पाठ्यसामग्री परिवर्तन नगरी पुराना पाठ्यसामग्री पढाइएकामा आपत्ति जनाउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले धार्मिक पर्यटकीय क्षेत्र प्यूठानको स्वर्गद्वारीको विकास र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
    सांसद रणेन्द्र बराली, रामकुमार राई, रमाकुमारी पौड्यालले अविरल वर्षाबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु रामकृष्ण यादव, रामशङ्कर यादव, रोशन कार्की, रामकुमारी राना बराइली, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठ र विजुला रायमाझीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
    मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग
    • जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
    • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
    • उन्नाइस केजी गाँजासहित युवक पक्राउ
    • पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.