सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिमका पहाडमा जताततै पहिरो, सडक अवरुद्ध


  •    न्युजभित्तो/२४ असार २०८१, आईतवार ११:५० 
  • धनगढी, २३ असार । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो।

    दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो।

    बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ। पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ।

    यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ। रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो।

    डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन्। रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ।

    उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.