सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीका २१ वटा वडा बाढीको उच्च जोखिममा


  •    न्युजभित्तो/२२ असार २०८१, शुक्रबार ११:२६ 
  • परासी, २१ असार । नवलपरासी जिल्लामा रहेका सात पालिकामध्ये सुनवलबाहेक अन्य ६ पालिकाका २१ वटा वडाहरू बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ ’ मा सबैभन्दा बढी रामग्रामका ७ वटा वडाहरू उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

    रामग्रामको वडा नं। १,२,३,५,६,१७ र १८ नम्बर वडाहरू उच्च जोखिममा रहेका छन् । त्यसैगरी उच्च जोखिममा रहेका वडाहरूमा बर्दघाटको १३ र १५, पाल्हीनन्दनको १,२,३ र ६, प्रतापपुरको ३,६ र ८ रहेका छन् । त्यसैगरी सुस्ताको ३,४,५ र सरावलको ६ र ७ नम्बर उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा जनाइएको छ ।

    त्यसैगरी सुनवलसहित अन्य पालिकाका २५ वटा वडाहरूमध्यम जोखिममा र ८ वटा वडाहरू न्यून जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागले ‘रेड जोन’ मा राखेका जिल्लामध्ये नवलपरासी पनि रहेको छ ।

    नवलपरासी जिल्ला उच्च जोखिममा रहेकाले बाढीबाट हुन सक्ने संभाव्य क्षति न्यूनिकरण र पूर्वतयारीका लागि जिल्लाका सबै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । सुरक्षा निकायसँगै, स्थानीय तह, सरोकारवाला सरकारी कार्यालय र विभिन्न संघ संस्थासँग समन्वय गरी आवश्यक तयारी गरिएको श्रेष्ठको भनाइ छ । बाढीबाट जिल्लामा सबैभन्दा बढी घर खेत डुवान र कटानको समस्या हुने गरेको छ ।

    भारतले आफूतर्फको खोला,नाला सफाइ नगर्दा दक्षिण भएर बग्ने पानीको निकास नहुँदा बर्सेनि डुवान र कटननको समस्या झेल्नु परेको हो । विस्थापितका लागि सम्बन्धित पालिकाहरूमा आश्रय स्थलहरुको व्यवस्थासमेत गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    वर्षा र बाढीबाट दैनिक जनजीवन,कृषि,स्वास्थ्य,सडकलगायत प्रभावित हुनसक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.