सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू


  •    न्युजभित्तो/२२ असार २०८१, शुक्रबार ११:१३ 
  • काठमाण्डौं, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान अघि बढेको छ । मन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ ।

    बिहीबार पत्र आएपछि सतर्कता केन्द्रमा छलफल गरेर अनुसन्धान गर्ने तयारी गरेको राष्ट्रिय सतर्कता केन्द्र स्रोतले बताएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको भन्ने उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । उनीसँग नेपाली र युरोपियन मुलुक पोल्याण्डको दोहोरो नागरिकता रहेको आरोप लागेको छ।

    शिक्षामन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छन् । राजनीति र सार्वजनिक नियुक्तिमा विदेशी नागरिकता, पिआर लिएकालाई नियुक्ति नदिन अख्तियारले सरकारलाई निर्देशन समेत दिएको थियो ।

    श्रेष्ठलाई धेरै समय पहिलेदेखि दोहोरो नागरिकता राखेको आरोप लाग्दै आए पनि उनले भने उक्त आरोप अस्वीकार गर्दै आएकी छन् । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सोही प्रकरण झिक्दै शिक्षामन्त्री श्रेष्ठप्रति नेपाल घुम्न आएकी मन्त्री पो भइन् भनी टिप्पणी गरेका थिए ।

    त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक समेत रहेका काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठको दोहोरो नागरिकता रहेको भन्दै परेको उजुरीमाथि पनि सतर्कता केन्द्रले छानबिन थालेको छ । डा श्रेष्ठसँग अमेरिकाको पीआर रहेको भन्दै उनीविरुद्ध पनि उजुरी परेको थियो। उनीहरुको उजुरी अख्तियारमा परेपछि थप अध्ययनका लागि केन्द्रमा पठाएको केन्द्र स्रोतले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.