सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान


  •    न्युजभित्तो/२० असार २०८१, बुधबार १५:२५ 
  • महोत्तरी, १९ असार । महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो।

    अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र सशस्त्र प्रहरीका एसपी विनोद केसीसहितले संयुक्त रूपमा सम्मान गरेका हुन्।

    पछिल्लो तीन वर्षदेखि नगरपालिकालाई बालविवाहमुक्त बनाउन पालिकाले अभियान थालेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। आगामी ०८३ सम्म पालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने नगरपालिकाको लक्ष्य छ।

    नगरप्रमुख मण्डलले बालविवाह निर्मूल गर्न अभिभावक, पण्डितसहित सरोकार राख्ने सबै पक्षलाई जनचेतनासँगै कानुनी व्यवस्थालगायतबारे शिक्षित गरिएको र त्यसकै फलस्वरूप बालविवाह शूून्यमा झर्ने आस पलाएको बताए। उनले धेरै अभिभावकले कानुनको जानकारी नहुँदा तथा अन्य विभिन्न कारणले बालबालिकाको उमेर नपुग्दै विवाह गराउने गरेको पाइएको बताउँदै अभिभावकहरू बिस्तारै सचेत हुँदै गएको बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.