हाेली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना
न्युजभित्तो/१८ असार २०८१, सोमबार २१:०५
भरतपुर, १७ असार । होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ ।
विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले एसईई उत्तीर्ण विद्यार्थीहरुले समय ,सोच र सङ्घर्षको महत्व र आफ्नो भविष्य बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलकी सदस्य लिला खरेल कंडेलले विद्यार्थीहरुले आफ्नो कर्तव्य र अभिभावकहरुले आफ्नो जिम्मेवारी पूरा गर्न सकेमा मात्रै आफूले चाहेको उपलब्धि हाँसिल गर्न सकिने बताउनुभयो।
<span;>विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै नतिजा प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्यहरू प्रेमप्रसाद सापकोटा, माध्यमिक तह प्रमुख वेगनाथ गैरे, प्राथमिक तह प्रमुख नारायण सापकोटा,कक्षा १० मा अध्ययनरत विद्यार्थी सिम्रन गौतम,कक्षा १२ अध्ययनरत विद्यार्थीहरु स्वस्तिका पाठक र राघिनी ढुङ्गाना ,एसईई उत्तीर्ण विद्यार्थी सोनिया सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।