सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षकले फलामको स्केल प्रहार गर्दा विद्यार्थी टाउकोमा चोट


  •    न्युजभित्तो/१८ असार २०८१, सोमबार ११:४५ 
  • सुर्खेत, १७ असार । शिक्षकको कुटाइबाट सल्यानका एक विद्यार्थी टाउकोमा चोट लागेको छ । आइतबार सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका थिए ।

    अरुणलाई कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले फलामको स्केलले हानेका हुन्। फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको हो।

    घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो। मेडिकलमा टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहले बताए।

    गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले घटनाको बारेमा बुझ्न इलाका प्रहरी कार्यालयलाई भनेको बताए।

    ‘हामीलाई सुरुमा खबर गरिएन, पछि बुझ्दा ढाडमा हान्न खोजेको स्केलले अन्यत्रै लागेको भनेर विद्यालयले मलाई भनेको थियो,’ अध्यक्ष रावतले भने, ‘विद्यालयमा बालमैत्री वातावरण सिर्जना विद्यार्थीलाई त्यहीअनुसार व्यवहार गर्नुपर्नेमा कुटपिट गर्नु राम्रो होइन, यो विषयमा कानुनी प्रावधानअनुसार शिक्षकलाई कारबाही गर्नुपर्छ।’

    स्रोतः सेतोपाटी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.