सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ


  •    न्युजभित्तो/१७ असार २०८१, आईतवार १६:२० 
  • काठमाडौँ, १६ असार । नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई वचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताउनु भयो ।

    उहाँले पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ,सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको बताउनु भयो । प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताउनु भयो ।

    उहाँले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगी सम्बन्धी कसुरमा मुर्दा भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.