सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदनलाई सम्झँदै माडीमा रोपियो फलफूलका विरुवा


  •    न्युजभित्तो/१५ असार २०८१, शुक्रबार १७:१७ 
  • माडी (चितवन), १४ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव, जननेता मदन भण्डारीलाई सम्झँदै आज यहाँ फलफूलका विरुवा रोपिएको छ । ७३ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ स्थित पुष्पमदन स्मृति बाटिकामा फलफूलका विरुवा रोपिएको हो ।

    नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) माडी नगर कमिटीले व्यवस्थापन गरेको थियो भने पुष्प मदन स्मृति बाटिकाले विशेष सहयोग गरेको हो ।

    वृक्षारोपण कार्यक्रममा एमाले नेता कार्यकर्ता, फाउण्डेशनका अध्यक्ष, पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो । बाटिकामा चिउरी, कागती, बेल, जामुन, अमला, अम्बा लगायतका फलफूलका १५० भन्दा बढी विरुवा रोपिएको छ ।

    वृक्षारोपण अघि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले परिस्थितिको सही मूल्यांकन गर्दै समयको आवश्यकता के थियो भन्ने कुरा बुझेर, समय सापेक्ष नीति लिएर पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित हुने कुरा मदनले हामीलाई सिकाएको बताउनुभयो । उहाँले भन्नुभयो “यदि एमालेले मदन भण्डारीको विचारलाई अगाडि नल्याएको भए र मदनले पार्टीलाई जुन विचार दिनुभयो, त्यो विचार नआएको भए हामी पनि मोहन विक्रमजीकै हैसियतमा झर्ने स्थिति थियो ।”

    हिजो एमाले संघर्षको बाटोमा रहेको र हाम्रो मानसिकता पनि प्रतिपक्षीय मानसिकता रहेको भन्दै उहाँले अगाडि थप्नुभयो “परिस्थितिले हामीलाई जिम्मेवार संस्थापनको पक्षमा उभ्याएको छ । अब हाम्रो दिमाग प्रतिपक्षीय मानसिकताबाट रचनात्मक जिम्मेवार शक्तिको रुपमा रुपान्तरित हुन जरुरी छ ।” समाजको रुपान्तरणका निम्ति कर्मक्षेत्रमा खट्दा नै मदनको विचारलाई अवलम्बन गरेको हठर्ने उहाँको भनाई थियो ।

    कार्यक्रमको अध्यक्षता गरिरहनु भएका मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले मदन भण्डारीको अस्तु विसर्जन गरिएको यस ठाउँलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यसको विकास गर्नु हामी सबैको दायित्व हो । हालसम्म जेजति काम भएको छन्, तिनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्छ ।”

    जनताले सेवा लिनका लागि नेता गुहार्नु पर्ने अवस्थाको अन्त्य नभएसम्म मदनप्रति जतिसुकै भक्तिभाव देखाए पनि त्यसको कुनै पनि अर्थ नरहने भन्दै भट्टराईले जनजीविकासँग सम्बन्धित कामहरु अघि बढाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “एमाले र फाउण्डेशनका ९० प्रतिशत कार्यक्रम जनजीविकासँग सम्बन्धित छैनन्, अब यस्ता कार्यक्रम ल्याउनपर्छ ।”

    नेकपा एमाले (चितवन) का सचिव प्रकाश ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारीले स्वागत गर्नुभएको थियो भने एमाले जिल्ला उपाध्यक्ष एवं फाउण्डेशनका सचिव श्याम बिष्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा एमाले नेताहरु यमबहादुर परियार, दावादोर्जे लामा, विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो लगायतका नेता कार्यकर्ता, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.