सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असार १५ गते चितवनको बछौलीमा रोपाइँ महोत्सव, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने


  •    न्युजभित्तो/१४ असार २०८१, बिहीबार १७:१२ 
  • चितवन, १३ असार । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ। बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।

    समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताए।

    उनले यो वर्ष जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए। उनले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको बताए।

    उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए। उनले २०८१ असार १२ गतेसम्म देशभर ८.७५ रोपाईं भएको बताए। उने कोशी प्रदेशमा ६.५,मधेस प्रदेशमा २.९,बागमती प्रदेशमा ५.०,गण्डकी प्रदेशमा ६।९,लुम्बिनी प्रदेशमा १०..९,कर्णाली प्रदेशमा २२.६ र सुदूरपश्चिम प्रदेशमा २२। प्रतिशत खेतमा धान रोपाईं भएको जानकारी दिए। अहिलेसम्म कुल धान रोपाईं हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाई भएको पनि घिमिरेले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.