सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘इट्स माइ शो’ बारे सुरजसिंह ठकुरीले भनेः मेरो २३ वर्षको समर्पण, मेरो बफादारी ध्वस्त भयो


  •    न्युजभित्तो/१३ असार २०८१, बुधबार १६:३१ 
  • काठमाडौं, १२ असार । टेलिभिजन प्रस्तोता तथा निर्माता सुरजसिंह ठकुरीले ‘ईट्स माई शो’ को विवादित एपिसोडबारे मुख खोलेका छन् । आफूले ब्रान्ड बनाएको शोलाई अर्को होस्ट आएर पहिलो एपिसोडबाटै विवादित बनाइदिएपछि सुरजले आफूलाई नराम्रो लागेको बताएका छन् । आफ्नो वर्षौंको मेहेनत एकैपटकमा नष्ट भएको उनको गुनासो छ ।

    सुरजले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै लेखेका छन,‘म यतिमात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ । टिभी फेसको रूपमा, म एकदमै दुस्खी छु र म यो सामग्रीको हिस्सा बन्न चाहन्न ।’

    उनले आफू अहिले उक्त शोमा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

    ‘तपाईंहरू सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । तपाईंहरूको प्रोत्साहन नै मेरो करियरमा एक प्रमुख शक्ति हो,’उनी जोड्छन्,‘कार्यक्रमप्रति सबैको चासो देखेँ । यो भएकोमा मलाई खेद छ । योसँगै म यो प्रष्ट पार्न चाहन्छु कि म अब त्यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै भूमिका पनि छैन । म अब ‘ईट्स माई शो’ सँग कुनै रूपमा आवद्ध छैन, न त होस्टको रूपमा न त प्रमुख कार्यकारी निर्माताकै रूपमा ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.