सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


  •    न्युजभित्तो/१३ असार २०८१, बुधबार १२:४७ 
  • काठमाडौं, १२ असार । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहरुमा बाढी आउने चेतावनी जारी गरेको छ ।

    महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको छ ।

    गोविन्द बस्तीमा ७४.८, कालीखोलामा ३१.४, ठोरीमा २४.८ र रामपुरमा २४.६ मिलमिटर वर्षा मापन भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन भनेको छ ।

    ती स्थानमा थप वर्षा हुने सक्ने भएकाले दिउँसोसम्मै सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

    जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन थप सक्रिय हुँदै गएपछि प्राय सबैजसो प्रदेशहरूमा वर्षा भइरहेको छ । पानी पार्ने बादल विकसित भइरहेकाले थप वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.