नारायणगढ–मुग्लिन खण्डमा माइक्रो र ट्रक ठोक्किदा नौ जना घाइते
न्युजभित्तो/१३ असार २०८१, बुधबार १२:३५
चितवन, १२ असार । नारायणगढ–मुग्लिख सडक खण्डको एक नम्बर पुलनजिक मंगलवार दिउँसो ४ः५५ बजे माइक्रो बस र ट्रक आपसमा ठोक्किदा नौ जना घाइते भएका छन् ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको प्र३–०१–००५ ख ९४९५ नम्बरको माइक्रो र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ५६५५ नम्बरको ट्रक एकआपसमा ठक्कर खादा माईक्रोमा सवार नौ जना घाइते भएका हुन् ।
ठक्करबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घाइते नौ जनामध्ये छ जनाको डिस्चार्ज भएको र तीन जना उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको छ ।
ट्रक चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका–१५ बस्ने वर्ष २९ को दिल बहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।