कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते
न्युजभित्तो/१३ असार २०८१, बुधबार १२:२३
कैलाली, १२ असार । चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा र बौलियाका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै जिल्लाको भजनी नगरपालिका- ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।