सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरमा जंगली च्याउ खाएर एक सातामा ३ को मृत्यु , १९ जना बिरामी


  •    न्युजभित्तो/१२ असार २०८१, मंगलवार १२:०४ 
  • हेटौंडा, ११ असार । पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर मकवानपुरमा तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् ।

    जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारका ४ वर्षीय दिपेश लामाको असार ८ गते ज्यान गएको हो ।

    जंगली च्याउ सेवनबाट बिरामी भएका लामालाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएकोमा ८ गते घर फर्कने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

    असार ३ गतेनै कैलाश ९ कै निरुमाया रुम्बाले जंगली च्याउ सेवन गरेर बिरामी भएपछि उपचारको लागि ४ गते सिएमसी लगिएकोमा ९ गते पुनः हेटौंडा अस्पताल ल्याएर उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    असार ९ गते मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का बल बहादुर प्रजाको परिवारनै जंगली च्याउ सेवन गर्दा बिरामी परे । परिवारका पाँचजना विरामी परेको मध्य हेटौंडा अस्पतालमा उपचारको क्रममा बलबहादुरको ज्यान गयो भने उनको श्रीमती र छोराछोरी भने उपचाररत छ्न् ।

    असार ७ गते मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ८ जनाले जंगली गोब्रे च्याउ खाएर बिरामी परे । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भएको थियो । त्यसैगरी राक्सिराङ ८ लाचेमा पनि जंगली च्याउको सेवनबाट एकै परिवारका ४ जना बिरामी भएका छ्न् । भुवल प्रजाको परिवारले जंगली च्याउ खादा उनको श्रीमती , भाइ र छोरा बिरामी परे । उनीहरुको पनि उपचार जारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.