सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान जान चाहाने सय जना विद्यार्थीलाई सेन्ट्रल कलेजले बिशेष छात्रबृत्ति दिने


  •    न्युजभित्तो/११ असार २०८१, सोमबार १५:४५ 
  • चितवन, १० जेठ । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहाने विद्यार्थीलाई सेन्ट्रल कलेजले बिशेष छात्रबृत्ति दिने भएको छ । कलेजले गरिब तथा जेहेनदार, आदिबासी जनजाति, दलित र पछाडि परेको समुदायलाई बिशेष छात्रबृत्ति दिने भएको हो ।

    कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलका अनुसार विद्यार्थीका लागि ५० हजारदेखि १० लाखसम्म छात्रबृत्ति उपलब्ध गराइनेछ । सन् २०२५ को चार इन्टेकमा जापनमा अध्ययन गर्न जाने विद्यार्थीलाई कलेजले छात्रबृत्तिको सुविधा प्रधान गर्नेछ । यसका लागि कलेजले विद्यार्थीहरुसंग टेष्ट लिनेछ ।

    सामान्य भाषा कक्षा लिएका तथा भाषा कक्षा नलिएर जापान जाने सोच बनाएका विद्यार्थीहरु टेष्टमा सहभागि हुन पाउने प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘केही आफै र केही जापानका कलेज तथा युनिभर्सिटीसंगको सहकार्यमा छात्रबृत्ति उपलब्ध गराउनेछौं,पौडेलले भन्नुभयो,यसबाट धेरै विद्यार्थी लाभाम्वित हुने अपेक्षा राखेका छौं ।’ कलेजले आगामी सोमबार ९ बजे सेन्ट्रल टावरमा टेष्ट लिनेछ ।

    टेष्टमा सहभागि हुन चाहाने विद्याथीहरुले प्ल टुको मार्गसिट, सर्टिफिकेटर र नागरिकताको फोटोकपिका साथ सेन्ट्रल कलेजको लायन्सचोक भवनमा सम्पर्क गर्न सक्नेछन । सहभागि हुन चाहाने विद्यार्थीले आइतबारसम्म कलेजमा उपस्थित भई फारम भर्नुपर्नेछ ।

    सेन्ट्रल कलेजबाहेक अन्य भाषा सेन्टर र कन्सलटेन्सीमा भाषा कक्षा पढेकाहरु छात्रबृत्तिमा सहभागि हुन सक्ने कलेजले जनाएको छ ।
    सेन्ट्रल कलेजले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिसकेको छ । भरतपुर महानगरपालिका २ स्थित भरतपुर ओरालोमा रहेको आफ्नै भवनबाट कलेजले सेवा प्रदान गरिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भिसा प्रोसेसिङ र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको कलेजले आफ्नो भवन ९सेन्ट्रल टावर० बाट सेवा प्रदान गर्न सुरु गरेको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा लिफ्टसहित अत्याधुनिक प्रविधिहरु जडान गरिएको भन्दै विद्यार्थीलाई अध्ययनका लागि थप सहज हुने बताउनुभयो ।

    कलेजको नयाँ भवनमा छुट्टाछुट्टै काउन्सेलिङ रुम,अध्याधुनिक प्रविधिसहितका कक्षा कोठा, स्मार्ट बोर्ड, मिटिङ हल, सभा हल लगायतका सेवा सुविधि रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँले कलेजले नयाँ इन्टेकका लागि धमाधम विद्यार्थी भर्ना र भाषा कक्षा सञ्चालन गरिरहेको भन्दै नयाँ भवनमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गर्नुभयो ।

    सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ ।
    नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै केही गर्न चाहाने विद्यार्थीलाई पनि सिप सिकाउँदै आएको छ भने यहाँ नै उच्च शिक्षा अध्ययन गर्न चाहानेलाई कलेज र बिषय छनोट गर्न सहयोग गर्ने गरेको छ ।

    सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

    सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।

    कलेजले चितवन, नवलपुर, तनहुँ र गोरखाका विद्यार्थीलाई निःशुल्क बस सेवा समेत दिइरहेको छ । विद्यार्थीका लागि निःशुल्क भाषा कक्षा,आइएलटिए, पिटिइ सञ्चालन गरिरहेको कलेजले कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.