सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन जयन्तमा माडीमा फलफूलका विरुवा रोपिने


  •    न्युजभित्तो/८ असार २०८१, शुक्रबार १७:५५ 
  • चितवन, ७ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व. मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर माडीमा फलफूलका विरुवा रोपिने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र नेकपा (एमाले) चितवनले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् । स्थानीय व्यवस्थापन एमाले माडी नगर कमिटीले गर्ने भएको छ ।

    असार १४ गते ७३ औं मदन जयन्तीको दिन माडी नगरपालिका ६ पुष्प मदन वाटिकामा चिउरी र एबोगार्डोका विरुवा रोपने भएको हो । नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकको विशेष उपस्थितिमा फाउण्डेशन चितवनको आज सम्पन्न सचिवालय बैठकले मदन जयन्तीमा फलफूलका विरुवा रोप्ने निर्णय गरेको छ ।

    फाउण्डेशनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रम सफल बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी समेत तोकेको छ । फाउण्डेशनले गत वर्ष पनि सोही ठाउँमा एक सय फलफूलका विरुवा रोपेको थियो । गत वर्ष रोपिएका विरुवाहरुको गोडमेल र नयाँ विरुवा रोपिने फाउण्डेशनका अध्यक्ष डा. भट्टराईले बताउनुभयो ।

    एमाले चितवनका अध्यक्ष पाठकले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताउँदै नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुन आव्हान समेत गर्नुभयो ।

    बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते मदन भण्डारीको जन्म भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु, ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा उहाँको जन्म भएको हो ।

    नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरेर शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिन सकिन्छ भन्ने उहाँले प्रमाणित गर्नुभयो ।

    भण्डारीले वि.सं. २०४८ सालको महाधिवेशनमा पेश गर्नुभएको जबजको सिद्धान्तलाई एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ । तत्कालिन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा स्वर्गारोहण भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.