चितवन, ७ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व. मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर माडीमा फलफूलका विरुवा रोपिने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र नेकपा (एमाले) चितवनले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् । स्थानीय व्यवस्थापन एमाले माडी नगर कमिटीले गर्ने भएको छ ।
असार १४ गते ७३ औं मदन जयन्तीको दिन माडी नगरपालिका ६ पुष्प मदन वाटिकामा चिउरी र एबोगार्डोका विरुवा रोपने भएको हो । नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकको विशेष उपस्थितिमा फाउण्डेशन चितवनको आज सम्पन्न सचिवालय बैठकले मदन जयन्तीमा फलफूलका विरुवा रोप्ने निर्णय गरेको छ ।
फाउण्डेशनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रम सफल बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी समेत तोकेको छ । फाउण्डेशनले गत वर्ष पनि सोही ठाउँमा एक सय फलफूलका विरुवा रोपेको थियो । गत वर्ष रोपिएका विरुवाहरुको गोडमेल र नयाँ विरुवा रोपिने फाउण्डेशनका अध्यक्ष डा. भट्टराईले बताउनुभयो ।
एमाले चितवनका अध्यक्ष पाठकले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताउँदै नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुन आव्हान समेत गर्नुभयो ।
बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते मदन भण्डारीको जन्म भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु, ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा उहाँको जन्म भएको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरेर शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिन सकिन्छ भन्ने उहाँले प्रमाणित गर्नुभयो ।
भण्डारीले वि.सं. २०४८ सालको महाधिवेशनमा पेश गर्नुभएको जबजको सिद्धान्तलाई एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ । तत्कालिन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा स्वर्गारोहण भएको थियो ।