सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१५ दिनभित्र भुक्तानी दिने सहमतिपछि दुग्ध किसानको आन्दोलन स्थगित


  •    न्युजभित्तो/८ असार २०८१, शुक्रबार ११:३४ 
  • काठमाडौं, ७ असार । सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमति भएको छ ।

    दुग्ध किसानसमेत रहने गरी समिति गठन हुने निर्णय भएको र तत्कालका लागि आन्दोलन फिर्ता लिइएको केन्द्रीय दुग्ध सहकारी सङ्घले जनाएको छ । समयमा समस्या समाधान नभए फेरि आन्दोलनलाई निरन्तरता दिने किसानले बताएका छन् ।

    ६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगबाट गरी ५ अर्बभन्दा बढी रकम उठाउन बाँकी रहेको दुग्ध सहकारी सङ्घले जनाएको छ ।

    गएको वर्षको साउनदेखि दुग्ध किसानहरूको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झण्डै दुई अर्ब रूपैयाँले घटेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
    विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
    • हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार
    • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
    • भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…
    • चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.