सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको रामपुरमा भएको कृषि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


  •    न्युजभित्तो/६ असार २०८१, बुधबार २२:२४ 
  • चितवन, ५ असार । नेपाल सहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरु सहभागी दुई दिने सम्मेलन आज यहाँ सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले आयोजना गरेको सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्ष सहित सम्पन्न भएको हो ।

    कृषि, व्यवसाय र प्रविधिमा वातावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सो सम्मेलनमा जलवायु परिवर्तन, वातावरणीय अनुकूलता, वातावरणमैत्री प्रविधिहरुको पहिचान तथा प्रयोग, कृषिमा आधुनिकीकरण तथा व्यवसायिक करण, जैविक विविधता, दिगो वन व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतीकरण र छलफल गरिएको थियो ।

    सम्मेलनका संयोजक एवं निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार वातावरणमैत्री प्रविधि, सेवाको पहिचान तथा प्रयोग, पशुपन्छी, मत्स्यपालन तथा अनुसन्धानमा वातावरणको प्रभाव, दिगो व्यवस्थापनका आधारहरुको पहिचान, जलवायुमैत्री कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल गरिएको थियो । कृषि व्यवसाय र प्रविधिमा वातावरण तथा जैविक विविधताको प्रभावका विशेष आधारहरु पहिचान गरी दिगो अनुसन्धान र प्रसारको माध्यमबाट व्यवस्थापन र प्रबद्र्धनका लागि सहजीकरण र सहकार्यको आवश्यकतालाई सम्मेलनमा छलफल गरिएको उहाँले बताउनुभयो ।

    सो अवसरमा पाँच वटा मुख्य कार्यपत्र प्रस्तुत गरिएको थियो भने ५० भन्दा बढी अन्य कार्यपत्र विभिन्न देशका विज्ञहरुले प्रस्तुत गर्नुभएको कट्टेलले जानकारी दिनुभयो ।

    कार्यक्रम समापन समारोहमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी, सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र, रजिष्ट्रार प्रा.डा. शारदा थपलिया, तीन वटै संकायका डिन, निर्देशकहरु, भारतको महात्मागान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा.डा. डिपि राई, अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयका बरिष्ठ अनुसन्धानकर्ता डा. तामरा ज्याक्सन लगायतको उपस्थिति रहेको थियो ।

    दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका बिज्ञ, प्राध्यापक र विद्यार्थीहरुको सहभातिा रहेको थियो । भारतका बिभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी रहेका थिए । कूल संख्या तीन सय हाराहारी रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.