सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा हरेक वर्ष ५.०६ प्रतिशतले लागुऔषध प्रयोगकर्ता बढ्दै


  •    न्युजभित्तो/६ असार २०८१, बुधबार १६:३८ 
  • काठमाडौँ, ५ असार । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।

    बुधवार काठमाडौँमा लागुऔषध दुर्व्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको छ। गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला पाइएको बताइएको छ।

    प्रयोगकर्तामध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजारभन्दा बढी प्रयोगकर्ताले सुईबाट लागुऔषध प्रयोग गर्ने गरेका पाइएको छ। सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गूणाले बढेको देखाएको छ।

    लागुऔषध प्रयोगकर्ता बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए। उनले एउटा लागुऔषध प्रयोगकर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भन्ने हिसाबले सरकारले सोच्न जरुरी रहेको औँल्याए।

    नेपालमा अधिकांश ९७५ प्रतिशत भन्दा बढी० प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन्। उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाको पहुँच प्रदान गर्न आवश्यक रहेको बताइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.