सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर


  •    न्युजभित्तो/६ असार २०८१, बुधबार १४:१० 
  • चितवन, ५ असार । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो ।

    महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्याङ्कनका आधारमा बजेट विनियोजन गर्न लागिएको हो । महानगरले आगामी आर्थिक वर्षका लागि वडाको ‘सिलिङ’ रु ८२ करोड विनियोजन गरेको छ । यसमध्ये रु ७५ करोड २९ वटा वडालाई बराबर वितरण गरिने छ । यसबाट प्रत्येक वडाले रु दुई करोड ५८ लाख ६२ हजार न्यूनतम पाउनेछन् । बाँकी सात करोड सूचकका आधारमा वितरण गरिँदै छ ।

    उहाँका अनुसार राजस्व तुलनात्मकरुपमा बढी उठाउने, पुँजीगत खर्च बढी गर्ने, जनसङ्ख्या, भौगोलिकता, असल अभ्यास, असल काम, शिक्षा, वातावरण, हरियाली लगायतका शीर्षकमा एक सय नम्बर राखेर मूल्याङ्कन गरी वडा छनोट गरिएको हो । सुचकमा पहिलो वडा नं २ भएको छ । यस वडाले रु दुई करोड ९० लाख दुई हजार बजेट पाउने भएको छ । दोस्रोमा वडा नं ३ पर्न सफल भएको छ । यस वडाले रु दुई करोड ८९ लाख ५१ हजार बजेट पाउने भएको हो । त्यसैगरी तेस्रोमा वडा नं २० परेको छ । यस वडाले रु दुई करोड ८९ लाख ४५ हजार प्राप्त गर्ने भएको छ ।

    यस्तै सबै भन्दा कम बजेट पाउने वडा नं २४ रहेको छ । यस वडाले रु दुई करोड ७४ लाख २८ हजार पाउने भएको छ । चालु आर्थिक वर्षमा सबै वडाले रु दुई करोड ६५ लाखका दरले रकम पाएका थिए । पहिलो नम्बरमा परेको वडा नं २ का अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अङ्क पाएर आफ्नो वडा उत्कृष्ट भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर कर सङ्कलन भएको छ । गत वर्ष रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएकोमा अहिले रु दुई करोड नाघेको छ । विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् ‘अनलाइन’मा अद्यावधिक गरिएको छ । वडाभित्र पूर्ण रुपमा ‘स्मार्ट लाईट’ जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ ।

    गमला राखेर वडालाई हरियाली बनाइएको छ । लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ । वातावरण मैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ । रानाभाटले मूल्याङ्कन गरेर पहिलो हुन पाएकोमा थप ऊर्जा पैदा भएको बताउनुभयो । वडा नं ३ का अध्यक्ष विकास थापाले आफूले गरेको कामको मूल्याङ्कन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले महानगरले दिएको सूचकभित्र रहेर काम गरिरहेको छ ।”

    महानगर प्रमुख रेनु दाहालले सकारात्मक प्रतिस्पर्धा हुने गरी पहिलो पटक आफूहरुले सूचकको आधारमा वडालाई बजेट विनियोजन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “वडाहरुबीचमा सकारात्मक प्रतिस्पर्धा भएर विकास र आम नागरिकको हितमा बढीभन्दा बढी काम गर्न यसले ऊर्जा पैदा गर्दछ ।”महानगरले चालु आर्थिक वर्षमा रु ६ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब ६० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.