सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुलीमा लागूऔषध बोकेका ट्रकसहित दुईजना पक्राउ


  •    न्युजभित्तो/६ असार २०८१, बुधबार ११:०१ 
  • सिन्धुली, ५ असार । सिन्धुलीमा प्रतिबन्धित लागू औषध ओसार पसारमा प्रयोग भएको ट्रकसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३–०१–००५ख ९२०५ नम्बरको ट्रक र उक्त ट्रकका चालक हरिवन नगरपालिका ३ सर्लाही बस्ने २९ वर्षीय किरण लामा र सहचालक लालबन्दी नगरपालिका ७ सर्लाही बस्ने २६ वर्षीय मुन्ना शेखलाई पक्राउ गरिएको हो।

    उनीहरूलाई विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हिरापानी चेक पोष्टमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रकमा सहचालक मुन्ना शेख बसेको सिटको अगाडि ड्यास बोर्डभित्र रहेको रातो प्लास्टिक भित्र लागू औषध गाँजा जस्तो देखिने वस्तु २६ ग्राम र सोही प्लास्टिक भित्र लागू औषध नेट्राभेट १० लेखिएको ट्याबलेटसहित पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

    थप अन्य दुई बोतलमा समेत लागू औषध बरामद गरिएको छ। उक्त बरामद भएको लागू औषध, गाडीसहित चालक र सहचालक समेतलाई रततापूर्वक पक्राउ गरी सिन्धुली अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लेले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.