भरतपुर महानगरको सूचकमा भरतपुर वडा नम्बर २ उत्कृष्ट
न्युजभित्तो/५ असार २०८१, मंगलवार १६:५८
चितवन, ४ असारः भरतपुर महानगरपालिकाले तोकेको सूचकमा वडा नम्बर २ उत्कृष्ट भएको छ । यससँगै धेरै बजेट पाउने वडामा यो वडा परेको छ । महानगरपालिकाले विभिन्न कार्यलाई मूल्याङ्कन गरी सुत्रका आधारमा वडा वर्गिकरण गरेको हो ।
महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार सुत्रका आधारमा गरिएको मूल्याङ्कनमा वडा नम्बर २ अगाडी परेको हो । यो वडाले आउँदो वर्षका लागि रु २ करोड ९० लाख बजेट पाउने भएको छ । कम बजेट पाउने वडाले रु २ करोड ७४ लाख बजेट पाउने छन् ।
वडाहरुको मूल्याङ्कनको आधारमा बजेट बिनियोजन गरिदैं छ । चालु आर्थिक वर्षमा सबै वडाले रु २ करोड ६५ लाख पाएका थिए । वडा अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ठ भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर कर संकलन भएको छ । गत वर्ष रु १ करोड ५ लाख राजस्व संकलन भएकोमा अहिले रु २ करोड नाघेको छ ।
विद्यालयको एक सय मिटर भित्र सूर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् अनलाईनमा अध्यावधिक गरिएको छ । वडा भित्र पूर्ण रुपमा स्मार्ट लाईट जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालिन बजारको तयारी गरिएको छ । गमला राखेर वडालाई हरियाली बनाईएको छ । लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालिन गस्ति गरिएको छ । वातावरण मैत्री तथा पूर्ण सरसफाईको वडा घोषणा गर्ने तयारी गरिएको छ ।
रानाभाटले वडावासीसँग सहकार्य गरेर काम गरेकै कारण उत्कृष्ट हुन सफल भएको बताउनुभयो । आफुले वडालाई जिल्लाकै नमुना वडाको रुपमा विकास गर्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।