सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको सूचकमा भरतपुर वडा नम्बर २ उत्कृष्ट


  •    न्युजभित्तो/५ असार २०८१, मंगलवार १६:५८ 
  • चितवन, ४ असारः भरतपुर महानगरपालिकाले तोकेको सूचकमा वडा नम्बर २ उत्कृष्ट भएको छ । यससँगै धेरै बजेट पाउने वडामा यो वडा परेको छ । महानगरपालिकाले विभिन्न कार्यलाई मूल्याङ्कन गरी सुत्रका आधारमा वडा वर्गिकरण गरेको हो ।

    महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार सुत्रका आधारमा गरिएको मूल्याङ्कनमा वडा नम्बर २ अगाडी परेको हो । यो वडाले आउँदो वर्षका लागि रु २ करोड ९० लाख बजेट पाउने भएको छ । कम बजेट पाउने वडाले रु २ करोड ७४ लाख बजेट पाउने छन् ।

    वडाहरुको मूल्याङ्कनको आधारमा बजेट बिनियोजन गरिदैं छ । चालु आर्थिक वर्षमा सबै वडाले रु २ करोड ६५ लाख पाएका थिए । वडा अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ठ भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर कर संकलन भएको छ । गत वर्ष रु १ करोड ५ लाख राजस्व संकलन भएकोमा अहिले रु २ करोड नाघेको छ ।

    विद्यालयको एक सय मिटर भित्र सूर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् अनलाईनमा अध्यावधिक गरिएको छ । वडा भित्र पूर्ण रुपमा स्मार्ट लाईट जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालिन बजारको तयारी गरिएको छ । गमला राखेर वडालाई हरियाली बनाईएको छ । लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालिन गस्ति गरिएको छ । वातावरण मैत्री तथा पूर्ण सरसफाईको वडा घोषणा गर्ने तयारी गरिएको छ ।

    रानाभाटले वडावासीसँग सहकार्य गरेर काम गरेकै कारण उत्कृष्ट हुन सफल भएको बताउनुभयो । आफुले वडालाई जिल्लाकै नमुना वडाको रुपमा विकास गर्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता
    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
    मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
    • नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल
    • निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
    • तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
    • तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.