सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन


  •    न्युजभित्तो/४ असार २०८१, सोमबार ११:३८ 
  • वीरगञ्ज (पर्सा), ३ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट रु तीन करोड सात लाख ३५ हजार नौ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको बताउनुभयो ।

    “भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबिजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।”

    सशस्त्र प्रहरीले गत आवभरिमा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेयपदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुजा धेरै तस्करी हुने गरेको देखाउँछ ।

    गणपति धिमालले पर्सा जिल्लामा नेपाल भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्नका लागि अधिकत्तम प्रयास भने जारी राखेको बताउनुभयो । “हामीले आफूसँग भएको जनशक्तिलाई सीमा सुरक्षाको साथसाथै चोरी÷तस्करी नियन्त्रणका लागि खटाउँदै आइरहेका छौँ । जसको परिणामस्वरुप पनि गत आवको तुलनामा चालु आवको ११ महिनामा अवैध बरामद भएको सामान तथा उपकरणको रेकर्डले पनि देखाउँछ”, उहाँले भन्नुभयो ।

    सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको रु १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सोही अवधिमा भन्सार छली गरेर भित्रिएका रु १२ करोड पाँच लाख ३१ हजार छ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

    सशस्त्र प्रहरी बलले गत आवभरिमा भने बिलबिजक अनुसार नभएको रु १२ करोड ९५ लाख ६६ हजार तीन सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै गरी सोही वर्ष रु ११ करोड ४२ लाख ७४ हजार छ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।

    गणपति धिमालले चोरी तस्करी नियन्त्रण गर्नका लागि सक्रियतापूर्वक काम गर्दै आइरहेको बताउनुभयो । “पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सीमित स्रोतसाधनको बाबजुत पनि हामीले चोरी तस्करी नियन्त्रणको प्रयास गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो । सशस्त्र प्रहरी सीमानाकामा सिसी क्यामेरालगायतका उपकरण जडान गरेर तस्करी नियन्त्रणको लागि प्रयास गर्दै पनि आइरहेको जनाएको छ । त्यस्तै गरी सीमानाका क्षेत्रमा दुई पटक स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी
    प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
    तोलामा एक हजार तीन सयले घट्यो: सुनको मूल्य
    • दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी
    • अटोचालकको पेसामा महिलाको आकर्षण
    • बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.