सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँः सांसद वाग्ले


  •    न्युजभित्तो/३ असार २०८१, आईतवार १७:०४ 
  • काठमाडौँ, २ असार । प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिनुभएको छ ।

    विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आजको बैठकमा भएको छलफलमा उहाँले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिनुभयो ।

    सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित ३० प्रतिशतभन्दा कममा आएकाले यसलाई सुरक्षित अवतरणको चरणका रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले सिङ्गो सदन ‘न्युनमोरेटर’मा फोकस गरिरहेकाले ‘डिमोरेटर’मा ध्यानदिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “१७र१८ खर्बको बजेट हैन कि ५७र६० खर्बको अर्थतन्त्रको आकार बढाउनेमा गयौँ भने यो बजेट विनियोजन विधयेकमा गइरहेको अधिक ध्यान गौण हुने मेरो बुझाइ छ ।”

    सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा सांसद वाग्लेले परम्परागत ऊर्जाको स्रोतबाट आधुनिक ऊर्जाको स्रोततर्फ जानुपर्ने बताउनुभयो । त्यसका लागि विद्युत् उत्पादन, प्रसारण र खपततर्फ बजेट विनियोजनले महत्व दिनुपर्नेमा उहाँको जोड थियो ।

    उहाँले मनसुन र अन्य समयमा ऊर्जा उत्पादनबीच सन्तुलन नहुँदा ऊर्जा असुरक्षा बढेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सांसद वाग्लले बजेटको लक्ष्य र जानुपर्ने दिशा ठीक भएको बताउनुभयो । यसको कार्यान्वयका लागि पूँजीको खाडल पूर्तिलाई सहजीकरण आवश्यक भएकाले निजी क्षेत्रको सहभागितामा उहाँले जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.