पहिरोमा परी गाउँपालिका उपाध्यक्षका बुबाआमासहित ४ जनाको मृत्यु
न्युजभित्तो/१ असार २०८१, शुक्रबार ११:५७
काठमाडौँ, ३२ जेठ । ताप्लेजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गएराति साढे १ बजेतिर पहिरो गएको हो ।
पहिरोमा परी फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुको परिवारका ४ जनाको मृत्यु भएको छ ।
रविनका बुबा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा र ९ वर्षीया जुम्ल्याहा बहिनीहरूको मृत्यु भएको फक्ताङलुङ गाउँपालिका–२ वडाअध्यक्ष भुपेन्द्र चौलागाईँले जानकारी दिए ।
चौलागाईँका अनुसार ७० भन्दा बढी पशुचौपाया पनि पहिरोमा परेका छन्। घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली पठाइएको छ ।