सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाला बनाउँदै गर्दा थुपारेको माटोले पुरिएर तीन महिलाको मृत्यु


  •    न्युजभित्तो/१ असार २०८१, शुक्रबार ११:५४ 
  • काठमाडौँ, ३२ जेठ । पूर्वी नवलपरासीको कावासोतीमा सडकका नाला खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । कावासोती प्रहरीले दिएको जानकारी अनुसार फलफूल चोकस्थित सडकमा नाला खन्ने काममा खटिएका तीन महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।

    नाला बनाउने क्रममा खनेर थुपारी राखेको माटाको ढिस्को भत्किएर बिहीबार साँझ साढे ६ बजेतिर काम गर्दै गरेका उनीहरुलाई पुरेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा कावासोती नगरपालिका–५ लक्ष्मीनगर निवासी ५१ वर्षीय सेती राना, २५ वर्षीय तान माया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो ।

    गम्भीर घाइते अवस्थामा उद्धार गरिएका तानमाया गाहा र सोती रानालाई गम्भीर अवस्थामा उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

    चमेली दर्लामीको भने घटनास्थलमै मृत्यु भएको थियो । उनलाई पुरिएको स्थानबाट उद्धार गर्न समय लागेको थियो । घटना भएपछि बिहीबार राति आक्रोशित स्थानीय थानाचोकस्थित नगरप्रमुख विष्णु प्रसाद भुषालको घर घेर्न पुगेका थिए ।

    नाला बनाउने क्रममा लापरवाही गर्दा तीन जनाको ज्यान गएको स्थानीयको आरोप छ । कावासोती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि करिब ४ मिटर गहिरो नाला बनाउँदै थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.