नाला बनाउँदै गर्दा थुपारेको माटोले पुरिएर तीन महिलाको मृत्यु
न्युजभित्तो/१ असार २०८१, शुक्रबार ११:५४
काठमाडौँ, ३२ जेठ । पूर्वी नवलपरासीको कावासोतीमा सडकका नाला खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । कावासोती प्रहरीले दिएको जानकारी अनुसार फलफूल चोकस्थित सडकमा नाला खन्ने काममा खटिएका तीन महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।
नाला बनाउने क्रममा खनेर थुपारी राखेको माटाको ढिस्को भत्किएर बिहीबार साँझ साढे ६ बजेतिर काम गर्दै गरेका उनीहरुलाई पुरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा कावासोती नगरपालिका–५ लक्ष्मीनगर निवासी ५१ वर्षीय सेती राना, २५ वर्षीय तान माया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका तानमाया गाहा र सोती रानालाई गम्भीर अवस्थामा उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
चमेली दर्लामीको भने घटनास्थलमै मृत्यु भएको थियो । उनलाई पुरिएको स्थानबाट उद्धार गर्न समय लागेको थियो । घटना भएपछि बिहीबार राति आक्रोशित स्थानीय थानाचोकस्थित नगरप्रमुख विष्णु प्रसाद भुषालको घर घेर्न पुगेका थिए ।
नाला बनाउने क्रममा लापरवाही गर्दा तीन जनाको ज्यान गएको स्थानीयको आरोप छ । कावासोती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि करिब ४ मिटर गहिरो नाला बनाउँदै थियो।