कोशीमा मात्रै मनसुन सक्रिय, आज ४ प्रदेशमा पानी पर्ने
न्युजभित्तो/१ असार २०८१, शुक्रबार ११:५२
काठमाडौँ, ३२ जेठ । मनसुन वायुका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जाननकारी दिएको छ। वर्षापछिको बाढीका कारण ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लामा क्षति समेत भएको छ ।
आज पजि यस क्षेत्रमा धेरै वर्षा हुने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
मशाखाकाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
अहिले बिहान कोशी प्रदेशमा साधारणतया बदली, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा तथा बागमती प्रदेशको पहाडी भू(भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेश सहित देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।