सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङको खरखरे भिरमा पहिरो रोकथामको पहल गरिँदै


  •    न्युजभित्तो/३१ जेष्ठ २०८१, बिहीबार १५:३१ 
  • लमजुङ, ३१ जेठ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो ।

    हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्नेमा हालसम्म दुई सय २० मिटर ढलान, सडकको तलमाथि एक सय मिटर ग्याभिन जाली राखिएको योजनाका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पहिरो गएको मुख्य भागमा पर्खाल उठाएर संरक्षण गर्ने, सडक माथिको भागबाट माटो खस्न नदिन पर्खाल बलियो बनाउन बाँकी छ । “अब ८० मिटर सडक ढलान गर्ने बाँकी छ । सो काम सम्पन्न भएसँगै पहिरोको रोकथाम र संरक्षण हुनेछ”, इञ्जिनियर पोखरेलले भन्नुभयो ।

    अध्ययन गर्दाको अवस्था भन्दा काम गर्दा पहिरोको अवस्था फरक रहेकाले ढिलाइ भएको उहाँको भनाइ छ । पहिरोको मुख्य भाग संवेदनसिल रहेकाले हाल उक्त क्षेत्रमा काम नगरिएको इञ्जिनियर पोखरेलले बताउनुभयो ।

    खरखरे भिरको लागि बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरिएकामा रु १६ करोड ४८ लाखमा निर्माण सम्पन्ने गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले जिम्मा लिएको थियो ।

    सम्झौता अनुसार गत मङ्सिर ९ गतेभित्र सम्पन्न हुनुपर्नेमा काम सम्पन्न हुन नसक्दा आगामी मङ्सिर ८ गतेभित्र सम्पन्न गर्नेगरी म्याद थप भएको सूचना अधिकारी एवं इञ्जिनियर पोखरेलले बताउनुभयो । सोही पहिरो नजिकै बाटो तथा पुल निर्माणका लागि रु चार करोडको काम सानो खरिढुङ्गा निर्माण सेवाले जिम्मा लिएको छ ।

    खरखरे भिरको पहिरोको वरिपरी टेवा पर्खाल लगाउने र सडक ढलान गरिए पनि यस वर्षको बर्खामा पहिरो जाने सम्भावना भने कायम नै रहेको इञ्जिनियर पोखरेलको भनाइ छ । “पहिरो हटाउँदै सडक खुलाउने तयारीमा छौँ । विगतको भन्दा कम समस्या हुने अनुमा गरेका छौँ”, उहाँले भन्नुभयो ।

    मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुसार विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले निमार्ण सुरु गरेको थियो । विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो ।

    बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेनाले विसंं २०६९ मा यस सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । यस सडकलाई अवरुद्ध गर्ने मुख्य पहिरोमध्ये एक खरखरे भिरको हो ।

    करिब छ वर्षअघिदेखि जान थालेको सो पहिरोले बर्सेनि बर्खामा समस्या उत्पन्न गर्दै आएको छ । सडक माथिदेखि तल मस्र्याङ्दी नदीसम्म ठूलो पहिरो जाने गरेको स्थानीय बताउँछन् । यस सडकको बेँसीसहरदेखि चामेसम्मको अधिकांश भाग जीर्ण अवस्थामा छन् । विषेश गरी बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाने, सडक भासिने गर्दा सडक अवरुद्ध हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
    जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
    बिमाका लागि पशुको नामसारी अनिवार्य
    • पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
    • तनहुँमा दूध उत्पादनमा वृद्धि
    • सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    • प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.