सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनसुनले पूर्वमा वर्षा गराउँदै, अन्य भू-भागमा कहिले आउँछ ?


  •    न्युजभित्तो/३१ जेष्ठ २०८१, बिहीबार ११:१२ 
  • काठमाडौ, ३१ जेठ । मनसुन वायुको प्रभावले देशका पूर्वी भागका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    मौसमविद् धर्मराज उप्रेतीका अनुसार मनसुन वायुले कोशी प्रदेश पुरै ढाकेको छ। मधेस प्रदेशको पूर्वी भाग र बागमती प्रदेशको पूर्वी भाग सम्म मनसुनी वायु प्रवेश गरेको छ ।

    महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    अहिले बिहान कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन तथा चट्याङ् सहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    • चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.