मनसुनले पूर्वमा वर्षा गराउँदै, अन्य भू-भागमा कहिले आउँछ ?
न्युजभित्तो/३१ जेष्ठ २०८१, बिहीबार ११:१२
काठमाडौ, ३१ जेठ । मनसुन वायुको प्रभावले देशका पूर्वी भागका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार मनसुन वायुले कोशी प्रदेश पुरै ढाकेको छ। मधेस प्रदेशको पूर्वी भाग र बागमती प्रदेशको पूर्वी भाग सम्म मनसुनी वायु प्रवेश गरेको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
अहिले बिहान कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन तथा चट्याङ् सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको छ।