नयाँ संविधानबाट बालेन, रवि र हर्कहरूको उदय भयोः झक्कु सुवेदी
न्युजभित्तो/२९ जेष्ठ २०८१, मंगलवार १७:१९
काठमाडौं, २९ जेठ । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए । उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभई नयाँ संविधानले उनीहरूलाई जन्माएको बताए ।
सांसद सुवेदीले शीर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरू आए । तर, उनीहरूले भोट पाए, चुनाव जिते पुराना पार्टीहरूसँगको निराशाले होइन । उनीहरूलाई नयाँ संविधानले जन्माएको हो, उनले भने ।

उनले गणतन्त्रले जनताको शीर उठाएको बताए ।