सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी विधि पद्धतिमा चलाउनुपर्छः कांग्रेस नेता केसी


  •    न्युजभित्तो/२९ जेष्ठ २०८१, मंगलवार १५:०६ 
  • चितवन, २९ जेठ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताउनुभएको छ ।

    कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।” नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उहाँले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
    नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
    काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
    • ‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो’
    • पश्चिम एसियामा द्वन्द्व: उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी
    • माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
    • सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.