सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रगत पाउनै मुस्किल


  •    न्युजभित्तो/२८ जेष्ठ २०८१, सोमबार १०:५६ 
  • चितवन, २८ जेठ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना ग¥यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।

    गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन । केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिनुभयो । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०मा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।

    विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो । केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत सङ्कलन गर्ने गरेको थियो । रक्त सङ्कलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ ।

    नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउनुहुन्छ । दैनिक सयदेखि एकसय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ । सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ । सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत सङ्कलनमा कमी आएको बताउनुहुन्छ ।

    यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम सङ्कलन हुने गरेको जनाइएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउनुहुन्छ । रगत सङ्कलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उहाँ बताउनुहुन्छ । आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उहाँले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताउनुभयो । दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत सङ्कलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । विद्यालय, कलेजलगायतका सङ्घ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उहाँको सुझाव छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.