सर्पले टोकेको भोलिपल्टबाट असर देखापर्दा १० वर्षीया दिपेशको मृत्यु
न्युजभित्तो/२७ जेष्ठ २०८१, आईतवार १२:१९
धनगढी, २७ जेठ । कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको सर्पले डस्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार उपचारको क्रममा बालकको हिजो ९शनिबार० बिहान ६ बजे मृत्यु भएको थियो ।
२५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपनि असर ढिलो देखा पर्दा दिपेशले समयमै उपचार नपाएको उपरीक्षक बोहराले बताए । दिपेशमा २६ गते राति ३ बजेबाट मात्रै सर्पको टोकाईको असर देखा परेको थियो । असर देखापछि भने परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याएका थिए।