सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२६ जेष्ठ २०८१, शनिबार २१:२९ 
  • माडी २६ जेठ । नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको उल्लेख गर्दै राजनैतिक दलहरुले नयाँ ढङ्गले सोचेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    स्वर्गीय भुवानी प्रसाद पौडेलको सातौँ स्मृति दिवसको अवसरमा आयोजित अन्तर विद्यालय जिल्ला स्तरीय फुटबल प्रतियोगिताको समापन समारोहमा शनिवार माडीको बसन्तपुरमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले कमरेड भुवानीप्रसाद पौडेल निष्ठा र सङ्घर्षको प्रतीक भएकोले उहाँले देखाएको बाटोमा अगाडि बढ्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने जानकारी दिनुभयो ।

    देशमा राजनीति परिवर्तन भएपनि जनतामा निराशा उत्पन्न भएको जनाउँदै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले वैचारिक साँस्कृतिक परिवर्तनमार्फत कम्युनिष्ट पार्टीहरुको एकताले मात्र देशका समस्याहरु समाधान गर्न सकिने धारणा राख्नुभयो ।

    वसन्तपुर युनाइटेड क्लवको आयोजना जेठ १८ गतेदेखि सुरु भएको खेल शनिवार समापन भएको हो । प्रतियोगिताको उपाधि अमर माध्यमिक विद्यालय पटिहानीले जितेको छ भने दिवाकर स्मृति विद्यालय माडी उपविजेता बनेको छ । प्रतियोगितामा जिल्लाका १२ स्कुलको सहभागिता रहेको थियो ।

    सोही कार्यक्रमको समापन समारोहका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा साम्राज्यवादीहरुको चलखेल बढेकोले राष्ट्रियताको संरक्षणको लागि सबै राजनीति दलहरु एक ठाउँमा उभिएर साझा रुपले सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    उहाँले भुवानी पौडेलले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै वर्तमान समयमा वाम आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउँदै समाजवादको बाटोमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    राजनीतिक तथा समाजसेवी व्यक्तित्व भुवानीप्रसाद पौडेलको स्मृतिमा हरेक बर्ष विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.