राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ
न्युजभित्तो/२६ जेष्ठ २०८१, शनिबार २१:२९
माडी २६ जेठ । नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको उल्लेख गर्दै राजनैतिक दलहरुले नयाँ ढङ्गले सोचेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
स्वर्गीय भुवानी प्रसाद पौडेलको सातौँ स्मृति दिवसको अवसरमा आयोजित अन्तर विद्यालय जिल्ला स्तरीय फुटबल प्रतियोगिताको समापन समारोहमा शनिवार माडीको बसन्तपुरमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले कमरेड भुवानीप्रसाद पौडेल निष्ठा र सङ्घर्षको प्रतीक भएकोले उहाँले देखाएको बाटोमा अगाडि बढ्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने जानकारी दिनुभयो ।
देशमा राजनीति परिवर्तन भएपनि जनतामा निराशा उत्पन्न भएको जनाउँदै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले वैचारिक साँस्कृतिक परिवर्तनमार्फत कम्युनिष्ट पार्टीहरुको एकताले मात्र देशका समस्याहरु समाधान गर्न सकिने धारणा राख्नुभयो ।
वसन्तपुर युनाइटेड क्लवको आयोजना जेठ १८ गतेदेखि सुरु भएको खेल शनिवार समापन भएको हो । प्रतियोगिताको उपाधि अमर माध्यमिक विद्यालय पटिहानीले जितेको छ भने दिवाकर स्मृति विद्यालय माडी उपविजेता बनेको छ । प्रतियोगितामा जिल्लाका १२ स्कुलको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको समापन समारोहका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा साम्राज्यवादीहरुको चलखेल बढेकोले राष्ट्रियताको संरक्षणको लागि सबै राजनीति दलहरु एक ठाउँमा उभिएर साझा रुपले सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भुवानी पौडेलले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै वर्तमान समयमा वाम आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउँदै समाजवादको बाटोमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राजनीतिक तथा समाजसेवी व्यक्तित्व भुवानीप्रसाद पौडेलको स्मृतिमा हरेक बर्ष विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुँदै आएको छ ।