सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी वटसावित्री पर्व मनाइँदै


  •    न्युजभित्तो/२४ जेष्ठ २०८१, बिहीबार १६:२१ 
  • नारायणगढ, २४ जेठ । वटसावित्री पर्वको अवसरमा आज चितवनको नारायणगढमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् । विशेषगरी मिथिलाका नारीहरूले मनाउने यो पर्व नारायणगढमा पनि सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने उलेख्य सङ्ख्या रहेको र यहाँका पहाडी समुदायले पनि हर्षोल्लासले पर्व मनाउन साथ दिएसँगै यहाँ यस पर्वको रौनक बढेको हो ।

    भरतपुर महानगरपालिका–१० की प्रिती श्रीवास्तवले जेठको आमावस्याका दिन मनाइने यो पर्व विवाहित महिलाहरूको निकै महत्त्वपूर्ण दिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भगवान् सावित्रीले तपस्या गरी आफ्नो श्रीमान्लाई यमराजबाट पनि फिर्ता लिएर आउनुभएको थियो, त्यसैको सम्झनामा श्रीमान्को पनि दीर्घजीवन होस् भनी हामी यो पर्व मनाउँछौँ ।” वर र पीपलको रुखमा आफूले सकेजति धागोको फेरी लगाएर पूजा सम्पन्न गरी बाँसबाट बनेको पङ्खाले श्रीमान्लाई हम्केर श्रीमान्को हातबाट पानी खाएर मात्र व्रत सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यमराज आउनुभन्दा पहिले नै श्रीमान्को आयु लामो होस्, कुनै पनि कष्ट दुखः नहोस् भनेर हामी यो व्रत बसेका हौँ ।”

    नारायणगढकी सुनिता गुप्ताले वटसावित्री पर्व आफूहरुको महान् चाड भएको बताउनुभयो । उहाँले बिहानैदेखि यहाँ आएर वर पीपलको एक सय आठ फेरी लगाइ पूजा आरधाना गरेको बताउनुभयो । श्रीमान्को भलाइका लागि यस चाडले विशेष महत्व राख्ने उहाँको भनाइ थियो । नारायणगढकै पिङ्की गुप्ता पनि आफ्ना श्रीमान्को लामो आयु र कुशलताको कामना गर्दै यो चाड मनाउन आएको बताउनुहुन्छ । वर र पीपलको फेदमा बाँसबाट निर्मित पङ्खालगायत सम्पूर्ण शृङ्गारका सामग्रीले पूजा गरिने उहाँको भनाइ थियो । उहाँले यो चाड महिलाहरूको मात्र भए पनि पुरुषहरूको पनि उत्तिकै भूमिका, साथ र सहयोग हुने बताउनुभयो । आज दिनभर व्रत बसी चोखो खाएर श्रीमान्लाई पङ्खाले हम्कँदै खुवाइ भोलिमात्र व्रत सकिने उहाँले बताउनुभयो ।

    रत्तननगर–८ भानुचोककी सरस्वती पौडेलले शनि जयन्ती तथा वटसावित्रीको अवसरमा यहाँ पूजा गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । राम्रो उद्देश्य बोकेको चाड कुनै समुदाय विशेषभन्दा पनि सबैले मनाउँदा शुभफल प्राप्त हुने उहाँको भनाइ थियो । उहाँले तराईमूलका दिदीबहिनीसँग मिसिएर पूजा गर्न पाउँदा निकै गर्व लागेको बताउनुभयो ।तराई समुदाय सेवा समिति नारायणगढका उपसचिव सञ्जयकुमार मिश्रले यो चाड खासगरी वर र पीपलको पूजा गरेर मनाइने बताउनुभयो । महिलाहरूले पतिको दीर्घजीवनको कामनाका साथ यो पर्वले विशेष महत्व राख्ने भन्दै उहाँले नयाँ विवाहित जोडीहरुले यस पर्वमा सँगै बसेर पनि पूजा गर्ने गरेको जानकारी दिनुभयो । चितवनमा आजकाल तराईसँगै अन्य समुदायले पनि यो चाड मनाउने गरेको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.