सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्ड फ्लु सङ्क्रमणका कारण पहिलो पटक मान्छेको मृत्यु


  •    न्युजभित्तो/२४ जेष्ठ २०८१, बिहीबार १४:३१ 
  • काठमाडौँ, २४ जेठ । पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारतसमेत विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको मृत्यु भएको छ । ती व्यक्तिमा एच५एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी सर्‍यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन । ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि थिए ।

    कोरोना भन्दा खतरनाक छ सङ्क्रमण रु

    पहिलो पटक मे २३ मा यस घटनाबारे जानकारी पाएको डब्ल्यूएचओले बताएको छ । यो कोरोना भाइरस भन्दा १०० गुणा खतरनाक सङ्क्रमण हुन सक्ने बताइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा एच५एन१ भाइरसको सङ्क्रमण सरेको मामिला नदेखिएको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले एउटा रिपोर्टमा हालै बताएको थियो । तर सबै जना यसको लक्षण र सङ्क्रमणको जोखिमबारे सतर्क रहन आवश्यक रहेको बताइएको छ ।

    यो भाइरसको सङ्क्रमण भएको अवस्थामा हलुकादेखि गम्भीर सम्मका लक्षणहरू देखिन सक्ने र जसका कारण मृत्युदर बढ्ने खतरा रहेको बताइएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.